बन्दिपुर गाउँपालिका–२, तनहुँ, नेपाल
पर्यटकिय दृिष्टकोण बाट संसारमानै चिरपरिचित नाम बन्दिपुर गण्डकी प्रदेश, तनहुँ जिल्लाको पुर्बी भागमा अवस्थित समुद्री सतहवाट १०३० मिटरको उचाइमा रहेको र तनहुँ जिल्लाको पुरानो सदरमुकाम समेत हो । पुर्व पश्चिम फैलिएको उत्तर र दक्षिण खुलेको नेपालकै एक मात्र पहाडकी रानी र अनन्त वसन्तको क्षेत्रको रुपमा बन्दिपुरलाई वर्णन गरेको पाइन्छ । पृथ्वी राजमार्गवाट ८ किमी को दुरीमा रहेको पहाडकी रानी बन्दिपुरमा पुगेपछी लेकमा पुगे जस्तो अनुभव लिन सकिन्छ ।
सफा र स्वचछ भक्तपुरे शैलिका कलात्मक घरहरु भएको बजारमा सवारी साधनमा प्रवेश निषेध गरिएकोले पर्यटक र केटाकेटी सवैजना स्वच्छताका साथ हिडडुल गरेको पाइन्छ । बन्दिपुर बजारको मुखैमा रहेको बस पार्क मा रहेको पिपलवोट अगाडी गेट बाट भित्र रहेको सानो गाउ नै मोहोरिया सामुदायिक होमस्टेको क्षेत्रफल हो । बन्दिपुर गाउँ पालिका वडा न.२ मोहोरिया गाउबाट होमस्टेको नामाकरण गरिएको हो । कुल ९ घर रहेको यस होमस्टेमा ३० वटा कोठा र ११० जना पाहुनाहरुलाई आरामद्दायी रुपमा खाने र सुत्ने व्यवस्था रहेको छ । मुग्लिङ्ग पोखरा सडक खण्डको तनहुँ जिल्ला स्थित डुम्रे बाट बन्दिपुर जान आउनको लागि नियमित सार्वजनिक यातायातका साधनहरु सुविधाजनक रुपमा उपलब्ध रहेका छन् ।
Mohoriya Community Homestay Copyright© . All right reserved. Designed & Developed By : Anish Shrestha